समाचार अपराध सुरक्षा

पितावाटै छोरी असुरक्षित, फेरी पक्राउ परे वलात्कारी वावु

पितावाटै छोरी असुरक्षित, फेरी पक्राउ परे वलात्कारी वावु

डोटिको जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्। 

घरमा आफू नभएको समयमा छोरीलाई बलात्कार गरेको भन्ने बालिकाकी आमाको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  इन्द्रबहादुर मल्लले वताए ।

विकलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

यसअघि ५ वर्षको उमेरदेखि आफनै छोरीलाई वलात्कार गर्दै आएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको थियो ।
 
पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् ।

प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ । 

घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् । आरोपित बाबुले आफूलाई पाँच वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएको वालिकाले वताईन ।

छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर  काठमाडौँ जान लाग्दा पीडित बालिकाको उद्वार गरिएको थियो ।

गुहमन्त्री रामवहादुर थापाले भने अन्य देशको तुलनामा नेपालमा वलात्कारका घट्ना थोरै रहेको वताउने गरेका छन् ।

यो पनि

विश्वको तुलना गर्दा वलात्कारमा नेपाल धेरै पछाडि छः गृहमन्त्री थापा