समाचार

लागूऔषध मुद्धामा अदालतबाट फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

लागूऔषध मुद्धामा अदालतबाट फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

वीरगञ्ज। लागूऔषध गाँजा/चरेश मुद्धामा अदालतबाट फरार प्रतिवादी १४ बर्षपछि पक्राउ परेका छन। 

वीरगञ्ज महानगपालिका वडा नम्बर २ बस्ने ४८ वर्षे उमाशंकर वर्णवाललाई प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत पर्साले २०६२ साल असार २८ गतेको फैसलाले लागुऔषध गाँजा–चरेश मुद्दामा ४ वर्ष ५ महिना कैद र २५ हजार जरिवाना तोकेको थियो। 

आफ्नै गाउँघरमा लुकिछिपी अवस्थामा रहेका वर्णवाललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली पक्राउ गरेको हो। 

उनलाई आवशयक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

पक्राउ