समाचार

फोन उठाएको भन्दै श्रीमतीको हत्या!

फोन उठाएको भन्दै श्रीमतीको हत्या!

सुनसरीः जिल्लाको हरिनगर गाउँपालिका–५ वसन्तपुरकी २१ वर्षीया पूजादेवी मेहताको हत्या भएको छ । मेहतालाई उनकै श्रीमान् २५ वर्षीय सन्तकुमार मेहताले आफ्नो मोबाइल उठाएको आरोपमा कुटपिट गरी हत्या गरेका हुन्।

पत्नीले फोन उठाएको निहुँमा पति सन्तकुमारले हत्या गरेको स्थानीय विनोद मेहताले बताए । पुस २१ गते साँझ देउता घरमा बत्ती बालेर खाना पकाउने तयारी गरेका बेला पतिको मोबाइलमा फोन आएको र उठाएको कारणबाटै ज्वाइँले नै छोरीको हत्या गरेको मृतकका बुवा शिवनारायण महेताले बताए ।

एक वर्षअघि विवाह गरेको र राम्रो जीवन व्यतीत गरिरहेका बेला सन्तकुमार अर्कै केटीसँग फोनमा कुरा गर्न पल्केकाले पूजाको हत्या भएको माइती पक्षको आरोप छ । तर सन्तकुमारले भने श्रीमतीले विष खाएर आत्महत्या गरेको दाबी गरेका छन् । सुनसरी प्रहरीले भने शवको पोस्टमार्टमा रिपोर्ट आएपछि हत्या वा आत्महत्या के हो खुल्ने जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।  

सुनसरी हत्या पूजादेवी मेहता