समाचार

गाडीमा पकेट मार्दै हिड्ने ३ पकेटमार पक्राउ

गाडीमा पकेट मार्दै हिड्ने ३ पकेटमार पक्राउ

भक्तपुर। गाडीमा पकेट मार्दै हिँड्ने तीन जनालाई महानगरीय वृत थिमीले  पक्राउ गरेको छ। सोमबार प्रहरी काठमाडौं दुवाकोट रुटमा चल्ने बसमा यात्ररत एक महिलाको पकेट मारेर भाग्दै गरेको अवस्थामा तीनलाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुरीगढी गाउँपालिका ७ घर भई हाल ललितपुर ठैब बस्ने नवीन राई, सिन्धुली जिल्ला घ्याँङलेक गाउँपालिका ६ घर भई गोदावरी बस्ने राजिव गोले र मकवानपुर जिल्ला ईपाचोक गाउँपालिका ठैब बस्ने रुविन कठायत रहेका छन्।

पकेट मारेर भाग्दै गरेका उनीहरूलाई प्रहरीले मध्यपुर थिमि वडा नम्बर ९ राधेराधेबाट नियन्त्रण लिएको छ। उनीहरूले महिलाको साथबाट नगद ११ हजार रुपियाँ पकेट मारेका थिए।

पक्राउ पकेटमार