समाचार

सर्वोच्‍चको मुद्दा स्थगित भएपछि सापकोटा सभामुख बन्‍ने पक्का

सर्वोच्‍चको मुद्दा स्थगित भएपछि सापकोटा सभामुख बन्‍ने पक्का

काठमाडौंः प्रतिनिधिसभाको सभामुखमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुख हुने पक्का भएको छ । सभामुखको एकल उम्मेदवार सापकोटाविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालले हेर्न नमिल्ने भएर स्थगित भएपछि सापकोटा सभामुख बन्ने पक्का भएको हो ।

सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हालेका रिटमा सर्वोच्चका न्यायाधीस फुँयालले हेर्न नमिल्ने भएपछि दायर गरेको रिटमा अब अर्को पेशी तोकिने भएको छ । सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुअघि कानुन व्यवसायीका रूपमा बहस गरेकाले उनले मुद्दा हेर्न नमिल्ने भएको हो ।

आइतबारको पेशीमा उक्त मुद्दा फुँयालको एकल इजलासमा परेको थियो ।  सापकोटाविरुद्ध द्वन्‍द्वकालमा काभ्रेको दाप्चाको अर्जुन लामाको हत्या आरोप सर्वोच्चमा विचाराधीन छ । सभामुखको उम्मेदवारमा सापकोटाको एकल उम्मेदवारी परेको छ । आइतबार ३ बजे सभामुख निर्वाचनको लागि प्रतिनिधिसभाको बैठक डाकिएको छ ।  

प्रतिनिधिसभा अग्निप्रसाद सापकोटा सभामुख