हाम्रो पात्रो विज्ञापन
समाचार

पुन निमार्ण प्राधिकरणका कर्मचारी हाेटलबाट घूससहित पक्राउ

पुन निमार्ण प्राधिकरणका कर्मचारी हाेटलबाट घूससहित पक्राउ

भोजपुर – निमार्ण प्राधिकरण भोजपुरका कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

पुन निमार्ण प्राधिकरण अन्तरगत भोजपुर नगरपालिकामा कार्यरत सब( इन्जिनियर प्रकाश तिवारीलाई घुस लिँदै गर्दा अख्तियारले रंगेहात पक्राउ गरेको हो।

सब(इन्जिनियर तिवारीलाई शुक्रवार ६ हजर घुस सहित भोजपुरको प्रधान होटल एण्ड लजबाट अख्तीयारले पक्राउ गरेको हो।

इन्जिनियर तिवारी भोजपुर नगरपालिका ७ डाडा गाउमा रहेको प्रधान होटलमा घुस रकम लिन पुगेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी स्याम सारु मगरको नेतृत्वको टोलीले त्यही होटलबाट रंगेहात पक्राउ गरेको हो ।

ADVERTISEMENT