विदेश

पिज्जामा थुक्ने डेलिभरी ब्वाईलाई १८ बर्षको जेल

पिज्जामा थुक्ने डेलिभरी ब्वाईलाई १८ बर्षको जेल

एजेन्सी। टर्की अदालतले पिज्जामा थुकेको अभियोग लागेका डेलिभरी ब्वाईलाई १८ बर्षको जेल सजाय सुनाएको छ। डेलिभरी ब्वाईले पिज्जा दिनु अघि पिज्जामा थुकेको पाईएको थियो। 

दोषीमाथि यसअघि नै ८ हजारको जरिवाना लगाईसकेको भएता पनि ग्राहकको स्वास्थ्य र विश्वासमा आघात पुर्याएको ठहर गर्दै उनलाई १८ बर्षको जेल सजाय सुनाईएको हो।   

यो घटना सन् २०१७ को हो। सो समयमा टर्कीको एस्किशर शहरमा ग्राहकको अपार्टमेन्टमा राखिएको सीसीटीभी क्यामरामा पिज्जामा थुकिएको घटना कैद भएको थियो । सिसिटिभी फुटेजमा बुराक एस नामक डेलिभरी ब्वाईले पिज्जामा थुकेको र आफ्नो मोबाइल फोनमा त्यसको भिडियो बनाएको समेत देखिएको छ। 

दोषी बुराकले किन पिज्जामा थुकेका हुन् भन्ने अझैसम्म थाहा हुन सकेको छैन । दोषीले खाना विषाक्त बनाएको र ग्राहकको स्वास्थ्यलाई हानि गरेकोले अदालतले १८ वर्षको कारावास सजाय उपयुक्त हुने फैसला दिएको हो ।

 

पिज्जा डेलिभरी ब्वाई