हाम्रो पात्रो विज्ञापन
समाचार

'मनाङे' माथि म्याद थप गरि अनुसन्धान अघि बढाईने

'मनाङे' माथि म्याद थप गरि अनुसन्धान अघि बढाईने

पोखरा। गण्डकी प्रदेश सभाका सांसद 'दीपक मनाङे' भनिने राजीव गुरुङबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाउने भएको छ ।

नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको अभियोगमा सांसद गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेकाे थियाे ।  

गुरुङलाई आज जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने जिल्ला प्रहरीका कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले जानकारी दिए ।

गुरुङलाई सार्वजनिक अपराधमा मुद्दा चलाउने तयारी रहेको पनि डीएसपी केसीले जानकारी दिए । 

दीपक मनाङे
ADVERTISEMENT