राजनीति

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित

काठमाडौँ । राष्ट्रिय सभाको बिहीबार भएको मतदानमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार सुर्यप्रसाद रेग्मीलाई पराजित गरेका हुन् ।

नेकपा प्रवक्तासमेत रहेका श्रेष्ठले प्रतिद्धन्दी रेग्मीलाई १२१८ मतभारको अन्तरले पराजित गरेका हुन् । श्रेष्ठले ३४६२ मतभार प्राप्त गरेका छन् भने रेग्मीले २२४४ मतभार प्राप्त गरेका छन् ।