हाम्रो पात्रो विज्ञापन
समाचार

वागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा, उपत्यकाका तीन जिल्लामा नहुने

वागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा, उपत्यकाका तीन जिल्लामा नहुने

काठमाडौँ । वागमती प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो ।

तर प्रदेश सरकारले दिएको बिदा उपत्यकाभित्रका तीन जिल्लामा भने लागु नहुने गृह मन्त्रालयले जनाएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बिदा लागू हुनेछैन ।

गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यकाबाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो । उपत्यकाभित्रका तीन जिल्लामा भने केन्द्र सरकारले बिदा दिएका बेला मात्रै बिदा हुनेछ ।

ADVERTISEMENT