५ हजार घुससहित प्रहरी जवान पक्राउ

५ हजार घुससहित प्रहरी जवान पक्राउ

सिराहा । ५ हजार घुससहित इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादव पक्राउ परेका छन।  

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान ५ हजार घुस रकमसहित पक्राउ गरेको हो।

 भारतबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अवस्थामा यादव पक्राउ परेका हुन् ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

 

घुस प्रहरी पक्राउ

संम्बधित खबर