विचित्र विश्व

बिहेको मुखैमा बेहुलाको बाबुले बेहुलीको आमा उडाईदिएपछि ....

बिहेको मुखैमा बेहुलाको बाबुले बेहुलीको आमा उडाईदिएपछि ....

एजेन्सी। छोराको विवाहको मुखैमै हुनेवाला बुहारीकी आमालाई लिएर ससुरा भागेपछि अन्तत विवाह रोकिएको  छ। भारतको गुजरात स्थित सुरत राज्यमा छोराछोरीको विवाह हुन अघि नै सम्धीले सम्धीनीलाई लिएर भागेका हुन् । 

छोराछोरीको विवाह फेब्रुअरी दोस्रो साता अर्थात् भ्यालेन्टाईन डे मा हुनेवाला थियो। तर, बिहेभन्दा पहिल्यै बेहुलाका पिताले बेहुलीकी आमा भगाइदिए । घटनापछि दुवै परिवारमा विवाद उत्पन्न भएको छ । यद्धपी अब हुनेवाला जोडीको विवाह तोडिएको छ । दुवै परिवारका अनुसार बेहुलाका पिता र बेहुलीकी आमाबीच पहिल्यैदेखि चिनजान थियो । अब दुवै परिवारले उनीहरुले बिहे गरिसकेको हुन सक्ने आशंका गरेका छन् ।

सूरतको काटरगामका युवकको बिहे नवसारीकी युवतीसँग हुनेवाला थियो । पुलिसका अनुसार बिहेको ठिक एक महिना अगाडि बेहुलीकी आमा घरबाट बेपत्ता भइन् । धेरै खोज्दा पनि नभेटेपछि परिवारले पुलिसमा गएर बेपत्ता भएको रिपोर्ट लेखाए । जाँचमा बेहुलाका पिता पनि त्यही दिनदेखि बेपत्ता भएको खुलासा भयो । भागेका दुवै अहिलेसम्म भेटिएका छैनन् । पुलिसमा रिपोर्ट गरेको १० दिन पछि दुवै परिवारले हुनेवाला वैवाहिक सम्बन्ध तोडे । यी दुईको विवाह १ वर्ष पहिले तय भएको थियो ।

विवाह