हाम्रो पात्रो विज्ञापन
विदेश

चिनियाँ राष्ट्रपति सीसँग माग्यो फेसबुकले माफी

चिनियाँ राष्ट्रपति सीसँग माग्यो फेसबुकले माफी

एजेन्सी। चिनियाँ राष्ट्रपति सि चिनफिङले म्यानमारको दुई दिने भ्रमण गरेका छन। यसै क्रममा उनले शनिबार म्यानमारकी नेतृ आङसाङ सूचीसँग भेटवार्ता गरेका थिए।

भेटपछि नेतृ सूचीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा बर्मेली भाषामा भेटको खबर पोस्ट गरिन्। उनले राष्ट्रपति सीलाई सम्बोधन गर्दै गरेको उक्त पोस्टमा सिको अंग्रेजी अनुवाद भने अर्कै भएको छ।

 फेसबुकले बर्मेली भाषमा लेखिएको सिलाई अंग्रेजीमा शितोले बनाइदिएको थियो। फेसबुकले प्रविधिक कारणले गर्दा यस्तो भएको बताएको छ।फेसबुकका प्रवक्ता एन्डी स्टोनले बर्मेली भाषाबाट अंग्रेजीमा गलत अनुवाद प्रविधिक कारणले भएको भन्दै अहिले त्यो समाधान गरिएको बताए।

‘यस्तो हुनुहुँदैनथ्यो। यो गल्ती फेरि नदोहोरिने गरी सुधार गरिएको छ’, उनले भने। फेसबुकले सि को नाम डाटाबेसमा नराखेकोले यो गल्ती भएको स्वीकार गर्दै माफी मागेको हो।

 

फेसबुक माफी सि जीनपिङ
ADVERTISEMENT