हाम्रो पात्रो विज्ञापन
खेल

त्रिकोणात्मक सिरिजको लाइभ कान्तिपुर टेलिभिजनले गर्ने

त्रिकोणात्मक सिरिजको लाइभ कान्तिपुर टेलिभिजनले गर्ने

काठमाडौंः यही महिनाको २२ गतेबाट कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुने  नेपालसहित तीन देशको सिरिज कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका सबै म्याच कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको हो । 

प्रशारणका सम्बन्धमा कान्तिपुर टेलिभिजन र नेपाल क्रिकेट संघ क्यानबीच आधिकारीक सम्झौतासमेत भइसकेको छ । सिरिजमा नेपालले पहिलो खेल ओमानविरुद्ध खेल्ने छ । प्रतियोगिता भाग लिन ओमान र अमेरिका खेल सुरु हुनु २ दिन अगाडि काठमाडौं आइपुग्ने छन् ।

विश्वकप छनोट खेल्ने ढोकाका रुपमा रहेको यो प्रतियोगितामा नेपालले पहिलो पटक खेल्दै छ । ओमान र अमेरिकाले भने यसअघि नै खेलिसकेका छन् । जसमा अमेरिका १२ अंकका साथ लिगको शिर्ष स्थानमा छ । ओमान ८ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।  

त्रिकोणात्मक सिरिज अमेरिका ओमान नेपाली क्रिकेट टिम कान्तिपुर टेलिभिजन
ADVERTISEMENT