मुख्य समाचार

आस्था राउतलाई पक्राउ गर्न अनुमति

आस्था राउतलाई पक्राउ गर्न अनुमति

काठमाडौंः गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको थियो ।

सांगीतिक कार्यक्रमका लागि सिक्किममा छिन् । पक्राउ पूर्जी जारी भए लगत्तै उनी काठमाडौं फर्किएपछि नियन्त्रणमा लिन प्रहरीले बाटो खुलेको छ । 

‘राउत हाल नेपालमा हुनुन्न । उनी नेपाल फर्किए लगत्तै अनुसन्धान तथा कारवाही अघि बढ्छ’, मेट्रोका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । अभद्र व्यवहारमा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गर्ने गर्दछ । 

आस्था राउत पक्राउ