समाचार

पर्यटकीय गन्तव्य बन्दै राष्ट्रिय विभूति पार्क

पर्यटकीय गन्तव्य बन्दै राष्ट्रिय विभूति पार्क

कास्कीः पोखरा महानगरका विभिन्न चोकमा भएका सालिकलाई व्यवस्थापन गर्न निर्माण गरिएको राष्ट्रिय विभूति तथा शहीद पार्क पर्यटकको गन्तव्य बन्दै गएको छ । पोखरा महानगरपालिका–१८ स्थित पर्यटकीय दृष्टिकोणले अति महìवपूर्ण सराङकोटमा उक्त पार्क निर्माण सुरु गरिएको थियो ।

पार्कमा विभिन्न शहीदका सालिक राखिएका छन् । १०८ शहीदका सालिक राख्ने गरी काम थालिएको पोखरा महानगर प्रमुख मानबहादुर जिसीले बताए । पार्क निर्माणका लागि छ करोड रुपियाँभन्दा बढी लगानी हुने उनले जानकारी दिए ।

पार्क पूर्ण रूपमा निर्माण भएपछि थप आकर्षणको केन्द्र बन्ने र यसले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने प्रमुख जिसीको दाबी छ । पार्कको सबैभन्दा माथिल्लो भागमा राष्ट्र निर्माता पृथ्वीनारायण शाह, पुष्पलाल श्रेष्ठ, जनयुद्धका शहीद भीमसेन दाहाल गरी तीनवटा सालिक राखिएको र स्वर्गीय रवीन्द्र अधिकारी र योगेन्द्रमान शेरचनको सालिक राखिने महानगरपालिकाले जनाएको छ । गोरखापत्र दैनिकबाट 

 

कास्की सालिक शहीद सालिक विभूति पार्क

विशेष