अपराध सुरक्षा

१५ वर्षीया किशोरीलाइ जबर्जस्ती करणी गर्ने पक्राउ

१५ वर्षीया किशोरीलाइ जबर्जस्ती करणी गर्ने पक्राउ

कैलाली । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका–१ स्थित उत्तरमुडा बस्ने ३३ वर्षीय गोपाल चौधरी पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरी घरमा एक्लै भएको अवस्थामा चौधरीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।