अपराध सुरक्षा

स्वचालित पेस्तोलसहित २ जना पक्राउ 

स्वचालित पेस्तोलसहित २ जना पक्राउ 

धनुषा । स्वचालित पेस्तोलसहित प्रहरीले धनुषाबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका–५ बस्ने २६ वर्षीय दिपेश महतो र सोही ठाउँका १९ वर्षीय शुभकेश महतो रहेका छन् ।

आफ्नो घरअगाडि हतियार पड्काउँदै हिँडेको सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय खजुरीबाट पुगेको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए ।

प्रहरीले आँपको बगैंचामा माटो र खरानीले छोपी लुकाइरहेको अवस्थामा एक थान स्वचालित पेस्तोल बरामद गरेको हो । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।