प्रवास

अहिलेको कार्यसमिति श्रमिकको सारथी हो: एनआरएनए मलेसिया

अहिलेको कार्यसमिति श्रमिकको सारथी हो: एनआरएनए मलेसिया

मलेसिया – एनआरएनए मलेसियाले मलेसियामा कार्यरत नेपालीका श्रमिकका समस्या समाधानमा आफु प्रतिवद्द रहेको जनाएको छ। २०७६ भाद्र ६ गते हरि भट्टराईको अध्यक्षतामा एनआरएनए मलेसियाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको थियो।

अध्यक्षमा निर्वाचित भएपछि भट्टराईले व्यक्तिगत रुपमा ५० हजार रिंगेट( करिव १३ लाख नेपाली रुपैयाँ) आर्थिक सहयोग गरेर श्रमिक कल्याणकारी कोष स्थापना गरेका थिए। मलेसियामा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको भट्टराईले बताएका थिए। तर भट्टराईले कोषमा दिएको सहयोग रकम बारे प्रश्न उठाउँदै केही संचार माध्यमले गलत प्रचार गरेको भन्दै संघका अध्यक्ष भट्टराई र कोषाध्यक्षले एक बिज्ञप्ति जारि गर्दै उक्त सहयोग रकम बारे प्रस्ट्याउने प्रयास गरेका छन्।

'सामजिक भावले मलेसियामा रहेका नेपालीले पाएको दु:खमा मल्हम लगाउन गरेको व्यक्तिगत सहयोगलाई अतिरन्जित बनाउँदा आज आफैं दुखित बनेका छौं' बिज्ञप्तिमा भनिएको छ। अध्यक्ष भट्टराईले आफु एनआरएनमा लिन नभइ दिन आएको भन्दै गलत प्रचारबाजी गरेर आफ्नो बद्नाम गर्न खोजिएको भन्दै त्यस बिरुद्द कानुनी उपचार खोज्ने बताए।

मलेसियामा एनआरएनको बैंक खाता नभएकाले आफुले दिएको रकम कोषाध्यक्ष सँग भएको भट्टराईको भनाइ छ। एनआरएन मलेसियाको वर्तमान कार्यसमिति अहिले सम्म कुनै अवाञ्छित क्रियाकलाममा संलग्न नभएको र भोलिका दिनमा पनि नहुने दाबी गर्दै भट्टराईले भने-'संस्थाको नाम र गरिमालाई अझ उचो राख्न सदैव प्रयत्नशील छु।

मलेसियामा कार्यरत कोहि नेपाली समस्यामा परेर आर्थिक अभावका कारण नेपाल फर्किन नपाइरहेको भए संघ र नेपाली दूतावासमा जानकारी गराउन समेत भट्टराईले आग्रह गरे। 'मैले सहयोग गरेको रकम संघमा सुरक्षित छ। दूतावासको सिफारिस र संघको समितिले आवस्यक छानबिन गरि सिफारिस गरेमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न संघ लालायित छ' अध्यक्ष भट्टराईले भने-'सकारात्मक र रचनात्मक आलोचनालाई हामी सदैव आत्मसाथ गर्ने छौं। तर भ्रमपूर्ण, झुटा र संस्थालाई बद्नाम गराउने गतिविधि वर्तमान समितिलाई स्वीकार्य हुने छैन।'

अहिलेको कार्यसमिति श्रमिकको सारथी हो: एनआरएनए मलेसिया मलेसिया- एनआरएनए मलेसियाले मलेसियामा कार्यरत नेपालीका श्रमिकका समस्या समाधानमा आफु प्रतिवद्द रहेको जनाएको छ। २०७६ भाद्र ६ गते हरि भट्टराईको अध्यक्षतामा एनआरएनए मलेसियाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको थियो। अध्यक्षमा निर्वाचित भएपछि भट्टराईले व्यक्तिगत रुपमा ५० हजार रिंगेट( करिव १३ लाख नेपाली रुपैयाँ) आर्थिक सहयोग गरेर श्रमिक कल्याणकारी कोष स्थापना गरेका थिए।

मलेसियामा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको भट्टराईले बताएका थिए। तर भट्टराईले कोषमा दिएको सहयोग रकम बारे प्रश्न उठाउँदै केही संचार माध्यमले गलत प्रचार गरेको भन्दै संघका अध्यक्ष भट्टराई र कोषाध्यक्षले एक बिज्ञप्ति जारि गर्दै उक्त सहयोग रकम बारे प्रस्ट्याउने प्रयास गरेका छन्। 'सामजिक भावले मलेसियामा रहेका नेपालीले पाएको दु:खमा मल्हम लगाउन गरेको व्यक्तिगत सहयोगलाई अतिरन्जित बनाउँदा आज आफैं दुखित बनेका छौं' बिज्ञप्तिमा भनिएको छ।

अध्यक्ष भट्टराईले आफु एनआरएनमा लिन नभइ दिन आएको भन्दै गलत प्रचारबाजी गरेर आफ्नो बद्नाम गर्न खोजिएको भन्दै त्यस बिरुद्द कानुनी उपचार खोज्ने बताए। मलेसियामा एनआरएनको बैंक खाता नभएकाले आफुले दिएको रकम कोषाध्यक्ष सँग भएको भट्टराईको भनाइ छ।

एनआरएन मलेसियाको वर्तमान कार्यसमिति अहिले सम्म कुनै अवाञ्छित क्रियाकलाममा संलग्न नभएको र भोलिका दिनमा पनि नहुने दाबी गर्दै भट्टराईले भने-'संस्थाको नाम र गरिमालाई अझ उचो राख्न सदैव प्रयत्नशील छु। मलेसियामा कार्यरत कोहि नेपाली समस्यामा परेर आर्थिक अभावका कारण नेपाल फर्किन नपाइरहेको भए संघ र नेपाली दूतावासमा जानकारी गराउन समेत भट्टराईले आग्रह गरे।

'मैले सहयोग गरेको रकम संघमा सुरक्षित छ। दूतावासको सिफारिस र संघको समितिले आवस्यक छानबिन गरि सिफारिस गरेमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न संघ लालायित छ' अध्यक्ष भट्टराईले भने-'सकारात्मक र रचनात्मक आलोचनालाई हामी सदैव आत्मसाथ गर्ने छौं। तर भ्रमपूर्ण, झुटा र संस्थालाई बद्नाम गराउने गतिविधि वर्तमान समितिलाई स्वीकार्य हुने छैन।'