समाचार

काठमाडौंबाट गुण्डागर्दीमा संग्लन २ जना पक्राउ

काठमाडौंबाट गुण्डागर्दीमा संग्लन २ जना पक्राउ

काठमाडौंः गुण्डागर्दीमा संग्लन २ जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा गुण्डागर्दी तथा हतियार देखाएर आंतक सिर्जना गर्ने गरेको आरोपमा बिहीबार दुई जना पक्राउ परेका हुन् ।  

प्रहरीले बाग्लुङको ढोरपाटन नगरपालिका–६ स्थायी घर भई काठमाडौं ग्रिनल्याण्डमा बस्ने बर्ष ३१ का देवेन्द्रबहादुर घर्तीमगर र घादिङ जिल्ला निलकण्ठ नगरपालिका–३ स्थायी घर भएर काठमाडौं नयाँबजार बस्ने बर्ष २४ का सुजन पौडेललाई राती ९ बजे ठमेलबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका देवेन्द्रकुमार घर्तीमगरसहित रमेश बाहुन, कमल राना, छिरिङ शेर्पा, अनिल तामाङ, बुद्ध गुरुङले बरुण लामा,आशिष गुरुङ समेतलाई गोली हानेर घाइते बनाएपछि ज्यान मार्ने उद्योगमा देवेन्द्रकुमार घर्तीमगर चार बर्षको कारागार सजाय समेत भोगेका थिए ।

त्यस्तै पक्राउ परेका सुजन पौडेल लगायत गोविन्द घिमिरे विनोद श्रेष्ठ, कमल गुरुङ, अमृत अधिकारी मिलेर राधेका केटा भन्ने काजी शाक्यलाई खुकुरी हानी घाइते बनाइएकोमा सुजन पौडेलले २०७३ सालमा ज्यान मार्ने उद्योगमा धादिङमा सात महिना र नुकोटमा चार महिना सजाय भोगेका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । 

गुण्डागर्दी पक्राउ देवेन्द्रबहादुर घर्तीमगर