समाचार

डा. सन्दुक रुइतलाई डेंगु, उनका परिवारका अरु दुई जनालाई पनि संक्रमण 

डा. सन्दुक रुइतलाई डेंगु, उनका परिवारका अरु दुई जनालाई पनि संक्रमण 

काठमाडौं । नेत्र विशेषज्ञ प्राडा सन्दुक रुइत तीन दिनयता अस्पतामा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्प्तामामा भने होइन । डेंगुको संक्रमणले आफै बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् । 

उनलाई डेंगु पनि अस्पतालमै रहँदा भएको होइन । घरैमा उनीसहित रुइत परिवारका तीनजलाई डेंगुको संक्रमण भएको हो । 

‘डेंगुको अवस्था भयावह भएर आयो’ उनले भने, ‘डेंगु फैल्याउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रुपमा चलाउन ढिला गरे झन गाह्रो हुन्छ ।’

सञ्चारमाध्यममा आएका डेंगु संक्रमितको संख्याभन्दा दोब्बर बिरामी हुन सक्ने उनले बताए । पछिल्लो समय देशव्यापी रुपमै डेंगु बढेको अवस्थामा बिरामी पर्नेमा सन्दुक एक्ला स्वास्थ्यकर्मी होइनन् । 
कान्तिपुर दैनिकबाट 

ADVERTISEMENT