प्रवास

रुसमा एक नेपाली कामदारको हत्या

रुसमा एक नेपाली कामदारको हत्या

कपिलवस्तु : वैदेशिक रोजगारका क्रममा रुस पुगेका एक नेपाली युवकको हत्या भएको छ। रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रोट्रेनमा कपिलवस्तु नगरपालिका ३ का २६ वर्षीय राजकुमार यादवको हत्या भएको हो। गत मंगलबार बिहान करिब साढे दुई बजे हत्या भएको हो।

मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा तीन जनाको समूहमा आएका अज्ञात लुटेराहरूले मरणासन्न हुने गरी कुटपिट गरेर छोडेका थिए। उनलाई छड आकारमा रहेका धारिलो हतियारले प्रहार गरेका थिए। उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको आफूहरूलाई रुसबाट जानकारी आएको मृतकका भाइ श्याम कुमार यादवले जानकारी दिए। मंगलबार घटना भए पनि आफूहरूलाई बुधबार मात्र रुसका बस्दै आएका दाइका साथी नेपाल पोखराका अभिषकेले फोनमार्फत जानकारी दिएको बताए। राजकुमार २०७२ सालदेखि रुसका पास्ता शहरमा रोजगारी गर्दै आएका थिए।

साथी अभिषेकसँग भेटघाटपछि उनी मेट्रो ट्रेनबाट ओर्लिएपछि लुटेराहरूले आक्रमण गरेका थिए। घटनापछि त्यहाँ रहेको सिसिटिभीमार्फत आक्रमणकारी पक्राउ परेको बताइएको छ। आक्रमणमा संलग्न २ पुरुष र एक महिलालाई रुसी प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। मृतकको शव त्यहीँको स्थानीय अस्पतालमा राखिएको र घटनाका विषयमा रुसमा रहेको नेपाली राजदूताबासमा जानकारी गराइएको जनाइएको छ। 

हत्या