समाचार

घुस खाएर फरार सांसद ९ वर्षपछि पक्राउ 

घुस खाएर फरार सांसद ९ वर्षपछि पक्राउ 

काठमाडौँ । तत्कालीन नेकपा एमालेका सांसद डोलबहादुर (डिबी) कार्की पक्राउ परेका छन् । प्रहरी निरीक्षक बनाइदिने भन्दै ९ वर्षअघि पक्राउ परेका कार्की सर्बोच्च अदालतले दोषी ठहर गरेपछि फरार थिए । प्रहरी निरीक्षक बनाउँछु भन्दै घुस खाएर भागेका उनलाई बिहीबार बिहान काठमाडौंको कलंकी आसपास क्षेत्रबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।

२०६४ सालको प्रतिनिधि सभा चुनावमा लमजुङबाट तत्कालीन नेकपा एमालेबाट समानुपातिक सभासद बनेका कार्कीलाई सर्बोच्च अदालतले गत असार १७ गते दोषी ठहर गरेको थियो ।

पूर्वसभासद कार्की सहित स्वामी ब्रम्हानन्द उदासिन २०६७ साल भदौमा ४ लाख घुससहित पक्राउ परेका थिए । प्रहरी निरीक्षक बनाइदिने भन्दै उनीहरुले लिएको ४ लाख घुस रकममध्ये १ लाख स्वामी उदासिनको घरमा  प्रहरीले फेला पारेको थियो ।