समाचार

दिनहुँ यस्ता झोल पिउनेहरुको अल्पायुमै मृत्यु हुने सम्भावना सबैभन्दा बढी 

दिनहुँ यस्ता झोल पिउनेहरुको अल्पायुमै मृत्यु हुने सम्भावना सबैभन्दा बढी 

काठमाडौं । तपाईं कोकाकोला पेप्सी जस्ता पेय कत्तिको पिउनुहुन्छ ? पिउँने गर्नुभएको छ भने अब चाहिँ ख्याल गर्नुपर्ने बेला भयो । विश्व स्वास्थ्य संगठनले  युरोपका ४ लाख ५० हजार मानिसमा गरेको अध्ययनअनुसार यदि दैनिक २ गिलास मात्रै यस्ता पेय  पिउँदा  पनि अल्पायुमै मृत्युको कारण बन्ने देखिएको छ । 

डेलिमेलमा प्रकाशित वैज्ञानिक अध्ययनमा आधारित स्टोरीमा उल्लेख भएअनुसार दश देशका ४ लाख ५० हजार प्रौढहरुमा गरिएको अनुसन्धानमा सबैखाले सफ्ट ड्रिंकले अल्पायुमै ज्यान गुम्ने खतरा उच्च देखिएको छ । 

प्राकृतिक खाद्यवस्तुहरुमा भन्दा कृत्रिम तरिकाले चिनीको मात्रा बढाइएका यसप्रकारका पेय पर्दार्थले यस्तो जोखिम उच्च गरेको अनुसन्धानको निष्कर्ष छ । क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने विश्व स्वास्थ्य संगठनको एक एजेन्सीका अनुसन्धानकर्महरुले भनेका छन्, ‘स्वास्थ्यका दृष्टिले यस्ता सबै खाले पेय छाडेर पानी पिउनु उपयुक्त छ ।’

युरोपियन सोसाइटी अफ कार्डियोलोजीका विज्ञहरुले पेरिसमा भने, ‘ अब हामीले हाम्रो खानामा यस्ता पेय पदार्थ हटाउनुको विकल्प रहेन ।’

मेडिकलसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल ‘जामा’ मा यस्ता पेय पदार्थ र अल्पायुमा हुने मृत्यु बारे गरिएको अहिलेसम्मकै ठूलो अध्ययन प्रतिवदेन प्रकाशित छ । यसअघिका ससाना अध्ययनले पनि पेय पदार्थ स्वास्थ्यका लागि हानिकारक छन् भनिएको थियो । तर यसपटक ठूलो अध्ययनले यसबारे धेरै विषय प्रस्ट पारिदिएको छ । 

यदि तपाई नियमित कोकाकोला दुई गिलास दिनहुँ पिउनु हुन्छ भने आउँदो १६ वर्षभित्र तपाईको मृत्यु हुने सम्भावना २६ प्रतिशले वृद्धि हुन्छ । अझ कार्डियोभास्कुलर रोगको सम्भावना त ५२ प्रतिशतले वृद्धि हुन्छ । 
 

विशेष