लुक्लाबाट उडेको जहाजको ३ मिनेटमैँ इन्जिन फेल भएपछि 

लुक्लाबाट उडेको जहाजको ३ मिनेटमैँ इन्जिन फेल भएपछि 

काठमाडौँ । लुक्लाबाट बुधबार काठमाडौंका लागि उडेको सीता एअरको जहाजको इन्जिन तीन मिनेटमै ‘फेल’ भयो । लुक्लाबाट बिहान ८ः२१ मा उडेको ‘नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इन्जिन उडानकैक्रममा फेल भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानको एउटा इन्जिन फेल भएपनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इन्चार्ज इमानाथ अधिकारीले जानकारी दिए । जहाजमा चालकदलका तीनजनामात्रै सवार थिए ।

काठमाडौंबाट पर्यटक लिएर लुक्ला आएको विमान फर्कंदा खाली फर्किएको नागरिक उडड्यन प्राधिकरण लुक्लाले जनाएको छ । प्राधिकरण लुक्लाका प्रमुख अधिकारीकाअनुसार उडिसकेपछि इन्जिन फेल भएकाले दुर्घटनाबाट जोगिएको हो । जहाज उड्ने समयमा यस्तो भएको भए केही दुर्घटना हुनसक्ने उनको भनाइ छ ।

संम्बधित खबर