अपराध सुरक्षा

स्याङजामा जीप दुर्घटना, दुई जनाको मृत्यु

स्याङजामा जीप दुर्घटना, दुई जनाको मृत्यु

स्याङजा । स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा एक बालक र महिलाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ ३ बुटवल पावर कम्पनी नजिकैबाट झण्डै ४ सय मिटर तल खस्दा जीपमा सवारमध्येकी एक महिला र एक बालकको मृत्यु भएको हो ।

दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । गम्भीर घाइते १३ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ । दुर्घटनामा पर्नेहरुमा तीज मनाएर घर फर्कदै गरेका महिला धेरै छन् ।