समाचार

एटिएम ह्याक गर्ने गिरोह भेट्न हिरासतमा चिनिया दुतावासका कर्मचारी 

एटिएम ह्याक गर्ने गिरोह भेट्न हिरासतमा चिनिया दुतावासका कर्मचारी 

काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासका कर्मचारीले नेपाली बैंकको एटिएम ह्याक गरी चोरी गर्ने गिरोहसँग भेट गरेका छन् । पक्राउ परेका पाँच चिनियाँ ह्याकर गिरोहलाई दूतावासका कर्मचारीले आइतबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर भेट गरेका थिए ।

करिब डेढ घण्टा बसेका नेपालस्थित चिनियाँ दूतावासका फस्ट सेक्रेटरीसहितले परिसरका प्रमुख उत्तम सुवेदीलाई समेत भेटेका थिए ।