समाज

किसान सम्बन्धित काममा अनुसन्धान अघि बढाउन निर्देशन

किसान सम्बन्धित काममा अनुसन्धान अघि बढाउन निर्देशन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कृषि विकासका लागि किसानसँग जोडेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । 

काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय बिऊ सम्मेलनको उद्घाटन गर्दै मन्त्री खनालले कृषि उत्पादनमा बढावा दिनेगरी कृषि अनुसन्धान परिषद्ले कामको दायरा बढाउनुपर्ने बताए । सरकारले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रको योगदानलाई फराकिलो बनाउने नीतिमा जोड दिएको मन्त्री खनालको भनाइ छ ।

जलवायु परिवर्तनले कृषि क्षेत्रमा समस्या पारेको भन्दै उनले कृषि विज्ञले यसबारे पनि ध्यान दिनुपर्ने बताए ।