मुख्य समाचार

६ दिन ५ रात लगातार किताब पढेर बझाङका मुकेशले राखे बिश्व कीर्तिमानी !

६ दिन ५ रात लगातार किताब पढेर बझाङका मुकेशले राखे बिश्व कीर्तिमानी !

बझाङ असोज १२, बझाङका मुकेशराज जोशीले एक सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमानी राखेका छन्।  जोशीले ६ दिन ५ रात लगाएर किताब पढी विश्व रेकर्ड राखेका हुन्।  

जोशीले ६ दिन ५ रातको सो अवधिमा  २२ ओटा पुस्तक पढेर सकेका थिए।  गिनिज इभेण्टको आयोजनामा उनले गत असोज ५ गते बिहान साढे ११ बजेदेखि किताव पढ्न शुरु गरेका थिए।  

गिनिज बुकमा नाम लेखाएको भएता पनि उनलाई प्रमाणपत्र भने दिन बाकी नै रहेको बताईएको छ।  

यस भन्दा अघि यस विधामा १ सय १३ घण्टासम्म पढेर नेपालका दीपक शर्माको  सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए।