समाज

कपिलवस्तुमा नुहाउन गएका ३ जना डुबेर बेपत्ता

कपिलवस्तुमा नुहाउन गएका ३ जना डुबेर बेपत्ता

कपिलवस्तुको शुद्धोधन गाउ पालिका ६ वेलभारीया नजिकको नदीमा नुहाउन गएका ३ जना डुवेर वेपत्ता भएका छन । 

बेपत्ता हुनेमा वेलभारीयाका कमलेस कोहारकी २५ वर्षीया पत्नी तारामति कोहार,  वेचन प्रसाद कोहारकी १५ वर्षीया छोरी तारा कोहार र घनश्याम रैदास की ८ वर्षीया छोरी खुस्वु रैदास छन् । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बेपत्ता भएकाहरुको खोजी जारी राखेको प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।