कला साहित्य

अँ साच्ची के भन्दै थियौँ...!

अँ साच्ची के भन्दै थियौँ...!

अँ साँच्ची के भन्दै थियौ, म त सोच्दा सोच्दै हराएछु
तिमी भन्दै जाउ, म सुन्दै जान्छु,
थाहा छैन यो सुन्ने र सुनाउने क्रम कहिलेसम्मको हो,
यति चाहिँ थाहा छ, तिम्रो हात अनि मेरो साथ, चरा उडुन्जेलको हो, अनि हावा वहुन्जेलको हो।

अँ साँच्ची के भन्दै थियौ रे,
लौ, अाज मै भन्छु, वह खकाल्नु छ, 
केही अाँसु पखाल्नु छ। 
मेरा मनका अन्तर कुन्तरमा जमेका हजारौ सवालहरुको झिनो उत्तर भेट्टाउनु छ।
म तिमीमा कहिले भगवान पाउछु, लाग्छ, तिम्रै मुर्ती कुँदिदिउ,
अनि फुलपाती चढाएर पुजा गरिदिउँ। 
फेरि तिम्लाई पुजा गर्दा गर्दै झल्यास्स हुन्छु, तिमी त पुरुष पो हौ त।
 म पनि ,माया गर्ने चक्करमा तिमी को हौ पनि विर्सिएको।
म बारबार तर्सिन्छु, यो पुरुष शब्दमा, किनकी 

त्यहाँ किनकि मलाई अझै याद छ म बच्चै हुदा तल्लो घरकी काकीलाई काकाकाले ढोका थुनेर 
हर बाङ्गिने गरि आग्लै आग्लोले कुटेर
 शरीर छियाछिया पारिदिएको, किनकी स्वास्नी कुट्न सक्ने  उहाँ त मर्द रे।
फेरि काकाको श्री सम्पती र खुसी समेत जोगाईदिएर आफ़्नै खुसीहरु विर्सने काकी चाहिँ नामर्द।

अझ त्यो सुन्दर अनुहार भएकी शान्तिको के दोश थियो। बाटोमा मर्दहरुले अावत जावत गर्नै नसक्ने गरि जिस्काएर बस्थे । प्रतिकार स्वरुप उस्ले एक झापड हानिदिएकी त हो।
अहिले उ कोमामा छे, ती मर्दले भाडाकुटी खेल्दै गर्दा यसो यसिड छ्याप्दि हेरेको रे।

अँ साँच्ची तिमी के भन्दै थियौ रे।
लौ आज मै भन्छु, वह खकाल्नु छ, अनि केही आँसु पखाल्नु छ।
उ त्यहाँ हेर त, निर्मलाले पिलपिल गर्दै टुलुटुलु हेरि बस्छिन्, के तिमी उनको माया लाग्दो अनुहारमा खुसीका रेखाहरु भरिदिन सक्छौ।
उसले पनि पुरुषमा बा, हजुरबा, दाजुभाई, काका मामा यस्तै यस्तै देखि, उसलाई थाहा थिएन, केही पुरुष मर्द पनि हुन्छन् भनेर।
म हरेक दिन, हजारौ मानिसको भिडसंग पनि डराउछु,
किनकी त्यो भिडमा मर्दहरुको जमात झुण्ड झुण्ड गरेर दौडिरहेका हुन्छन्। उ त्यहाँ पर आउदै गरेको जमात देख्यौ तिमीले? 
मलाई ती मर्दहरुको फोटो चोक चोकमा टाँगेर, अविरजात्रा गर्न मन  छ। अरे वा, क्या गरेउ है भनेर।
केही बेर हँसाईदिउँ , अनि पालै पालो सुलिमा चढाईदिउँ ।
माथी यमराजले जस्तै हामी पनि उसलाई तातो तेलमा लगेर डुबाईदिउँ । र नामो निशान अन्य गरिदिउँ। ताकी भोलिका दिनहरुमा साँच्चिकै मानिसलाई पनि पुरुष भनेर छुट्याउने दिन नाआओस ।

तिमी मलाई साथ दिन्छौ नि है।

पार्वती अधिकारी