अन्तरवार्ता भिडियो

सरकार छोडेर सडक जानुको विकल्प छैन (भिडियोसहित) 

सरकार छोडेर सडक जानुको विकल्प छैन (भिडियोसहित) 

मुलुक अन्तर्राष्ट्रिय शक्तिहरुको ‘युद्ध मैदान’ हुने आशंका बढिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी ( सीसीपी) बीचको समझदारीले यो बहसलाई अझ पेचिलो बनाएको छ । 

धेरैले यो समझदारीबाट भारत, अमेरिका र पश्चिमा मुलुकहरुलाई बिच्काएकाले नेपालमा चीन विरोधी गतिविधि बढ्ने सक्ने खतरा औंल्याएका छन् । नेकपा चीनको पोल्टामा गइसकेकाले नेपालमा भारत, अमेरिका र पश्चिमाहरुमाथि कडाइ हुनसक्ने अनुमान पनि गरिएका छन् । 
सरकारमै सहभागी समाजवादी पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापा भने यी सबै विश्लेषण र अनुमान सत्य नभएको बताउँछन् । विचार सिद्धान्त मिल्ने दुई देशका दुई पार्टीबीच निकट सम्बन्ध हुनु उनी स्वाभाविक ठान्छन् । 

">

थापा भन्छन्, ‘विचार सिद्धान्त मिल्ने पार्टीहरुबीच सम्बन्ध हुनु सामान्य कुरा हो । कांग्रेसमा पनि यो प्रकारको सम्बन्ध छ, हाम्रो समाजवादी पार्टीले यस्तो सम्बन्ध  राखेको छ । भर्खरै मलेशियामा सम्पन्न समाजवादी पार्टीहरुको गठबन्धनको सम्मेलनमा सहभागी भएर म फर्किएको छु । कांग्रेस पनि त्यसमा सहभागी थियो । विश्वका कुनैपनि देशका विचार मिल्ने पार्टीसंग गठबन्धन हुनु, सम्बन्ध हुनु नौलो  होइन । नेकपा र सीसीपीबीच भएको समझदारी पनि त्यस्तै हो, तिललाई पहाड बनाउन जरुरी छैन ।’

चिनियाँ राष्ट्रपति सी जिनपिङले विकास र समृद्धिका लागि लिएको नीतिबारे थाहा पाउनु, त्यसलाई अनुसरण गर्नु अनुचित होइन । त्यसमा पनि अझ चीन त विश्वमै शक्तिशाली राष्ट्रका रुपमा दरिएको छ । चीनले गज्जबले आर्थिक प्रगति गरेको छ । त्यो कुरा नेकपाले मात्र होइन, नेपालका कुनै पनि सरकार र पार्टीले पाठ सिक्नुपर्छ । 

एउटा कुरा के चाहिँ सत्य हो भने चीनको राजनीतिक प्रणाली नेपालमा लागू हुन सक्दैन । यदि नेकपाले चीनको जस्तो एक दलीय शासन व्यवस्थाको अभ्यास नेपालमा गर्न खोज्यो भने त्यो सफल हुँदैन । उनीहरु आफै सकिन्छन् ।अहिलेको सरकारले बुद्धि पु्र्याउने हो भने चीनको ‘बिआरआई’ र अमेरिकाको ‘इण्डोप्यासिफिक स्ट्राटिजी’ दुवैमा सहभागी भई चलाकीपूर्वक अघि बढ्नुपर्छ । कुनैपनि गठबन्धन वा योजनामा नेपालले आफ्नो सर्त राखेर सहभागी हुने हो । विदेशी सर्तमा सहभागी हुने होइन ।

">

नेपालको राष्ट्रियता, क्षेत्रीयता, अखण्डता, सुरक्षा सबै विचार गरेर मात्र सहभागी हुनुपर्छ । कुटनीतिक कौशलता प्रदर्शन गर्ने समय यही हो । यदि नेपालको सर्त स्वीकार गर्न चीन वा अमेरिका तयार नभए त्यस्तो परियोजना वा गठबन्धनमा सहभागी हुन जरुरी छैन । 

समाजवादी पार्र्टी र यो सरकारबीचको सम्बन्ध संविधान संशोधनका दुई बुँदामा आधारित छ । संविधान संशोधन गर्ने सर्तमा सरकारमा सहभागी भएपनि नेकपा नेतृत्वको सरकार भने यसमा उदासिन छ । समाजवादीलाई धोका भइरहेको छ । जति झकझकाउँदा पनि सरकारले संविधान संशोधन गर्ने छाँटकाँट नदेखाएपछि अब सरकार छोडेर सडकमा जानुको विकल्प छैन । यो विषयमा पार्टीमा छलफल सुरु भइसकेको छ । 

">

नेपाल कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टी