बैंकिङ

भोलिदेखि नयाँ नोट ; यी बैंकबाट साट्न पाइने !

भोलिदेखि नयाँ नोट ; यी बैंकबाट साट्न पाइने !

काठमाडौँ असोज ९ , दशैं तिहारलाई लक्षित गरि सरकारले शुक्रवारदेखि सर्वसाधारणका लागि नया नोट वितरण गर्ने भएको छ।  यसका लागि सरकारले आन्तरिक तयारी पुरा गरिसकेको छ।  साथै बैंक तथा वित्तीय संस्थासम्म नया पुर्याईसकेको पनि राष्ट्र बैंकको भनाइ रहेको छ।  

नेपाल बैंकके गत बर्ष करिब १३ अर्ब नया तथा सुकिला नोट नितरण गरेको थियो।  यस बर्ष पनि राष्ट बैंकले सोहि हाराहारीमा नया नोट साट्ने तयारी भएको प्रबक्ता लक्ष्मी प्रपन् निरौलाले बताए।  बैंक तथा वित्तीय संस्थाका लागि पहिलो सातामा नै नोट उपलब्ध गराईएको भएता पनि सर्वसाधारणका  लागि भने  दोश्रो साताबाट नोट वितरण थालिने निरौलाले बताए।   

भवन निर्माणको काम भइरहेकाले यस बर्ष थापाथलीबाट नोट साट्न सुबिधा नभएको र बालुवाटारस्थित राष्ट्र बैंकबाट साट्न पाइने उनले बताए। यसका साथै नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ । यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ । आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

दशैमा नया नोटलाई हिफाजत गर्न पनि  राष्ट्र बैंकले सुझाएको छ।  

आजको यो समाचार कान्तिपूर  दैनिकमा प्रकाशित छ।