समाचार

म्याग्दीमा बाढीले दुई घर बगायो, दुई बालिका बेपत्ता

म्याग्दीमा बाढीले दुई घर बगायो, दुई बालिका बेपत्ता

म्याग्दी । शनिवार राती आएको भीषण वर्षा पछि बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले दुई घर बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । मध्यरातमा आएको बाढीले अन्य दुई घरमा क्षति पुर्‍याएको छ । बाढीले घर बगाउँदा पाँच र १० वर्षका दुई बालिका बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढी आएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोली उद्धारमा जुटेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी ध्रुव शर्माले बताए ।बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीका एक पक्कीसहित चार कच्ची भवनमा पूर्णरूपमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

बाढीको खबर प्राप्त हुनासाथ प्रहरी टोली उद्धारका लागि राती नै घटनास्थलमा पुगेको र उद्धारमा खटिएका प्रहरी निरीक्षक शर्माले जानकारी दिए । 

बाढी