समाचार

वाइडबडीको प्रतिवेदन चार महिनादेखि गुपचुप

वाइडबडीको प्रतिवेदन चार महिनादेखि गुपचुप

काठमाडौं । दुई वाइडबडी र दुई न्यारोबडी एअरबस विमान खरिद प्रक्रियामा त्रुटि औंल्याएर सांसदहरुले तयार गरेको प्रतिवेदन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ४ महिनादेखि गुपचुप राखेको  छ । 

नेपाल वायुसेवा निगमले करि ३५ अर्ब रुपैयाँमा किनेका ती विमानको विनाआधार मूल्यवृद्धि गरिएको र खरिद प्रक्रियामा त्रुटि गरेर राज्यलार्य घाता पारेको निषर्ष समेटिएको प्रतिवेदन समितिले सार्वजनिक गर्न नसकेको हो । निगमले एक वर्षअघि युरोपको एअरबस कम्पनीबाट वाइडबडी र २०७२ सालमा न्यारोबडी खरिद गरेको थियो । 

जहाज खरिदलगायत निगमको समग्र व्यवस्थापन र कारोबार अध्ययन गर्न समिितले सत्तापक्षका सांसद दीपप्रकाश भट्टको संयोजकत्वमा गत मंसिर १९ गते उपसमिति गठन गरेको थियो । 
कान्तिपुर दैनिकबाट