अपराध सुरक्षा

फरार अभियुक्त पक्रन बाँकेमा प्रहरीबाट गोली प्रहार

फरार अभियुक्त पक्रन बाँकेमा प्रहरीबाट गोली प्रहार

बाँके । बाँकेमा प्रहरीले गोली चलाएको छ । प्रहरीले गोली प्रहार गरी एक फरार अभियुक्त पक्राउ गरेको हो । चोरी तथा डकैती मुद्धामा ६ वर्ष कैद सजाय सुनाइएपछि फरार अभियुक्त नरेन्द्र न्यौपाने पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको हो ।

उनलाई नेपालगञ्जस्थित राँझा विमानस्थलमा भेटिएका बेला प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनी भागेका थिए । प्रहरीले नियन्त्रणमा लिन लाग्दा भागेपछि उनलाई लखेट्ने क्रममा प्रहरीले गोली प्रहार गरेको हो । उनको बाँया खुट्टामा गोली लागेको छ ।

न्यौपानेलाई २०६८ सालमा जिल्ला अदालत बर्दियाले चोरी तथा डकैती मुद्धामा ६ वर्ष कैद सजायको फैसला गरेको थियो । 

गोली प्रहार