समाचार

धार्मिक अभियन्ताहरु रिहा गर्न सरकारलाई ४८ घण्टे अल्टिमेटम

धार्मिक अभियन्ताहरु रिहा गर्न सरकारलाई ४८ घण्टे अल्टिमेटम

काठमाडाैँ - विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले धार्मिक अभियन्ताहरु रिहा गर्न सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएको छ। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरुलाई रिहा नगरे देशव्यापी रुपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।

समितिले ईन्द्रजात्राको अवसरमा शान्तिपूर्ण रुपमा विरोध गर्दा धार्मिक अभियन्ताहरुलाई जबरजस्ती पक्राउ गरेर हिरासतमा राखिएकोaमा
सरकारको चर्को आलोचना गरेको छ। शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लगायतका धार्मिक अभियन्ताहरुलाई राजनीतिक प्रतिशोध साँधेर सरकारले जबरजस्ती पक्राउ गरेको समितिको आरोप छ ।  

समितिका महासचिव रोशनजंग बस्नेत र विश्व हिन्दू महासंघ नेपालका उपत्यका संयोजक दिनेश कुमार सिजापतिको संयुक्त नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘पक्राउ गरिएका शिव सेना नेपालका अध्यक्ष बस्नेतलगायत समस्त हिन्दु धार्मिक अभियान्ताहरुलाई ४८ घण्टाभित्र रिहाइ नगरिए सरकारबिरुद्ध कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’ समितिका अध्यक्ष सागर थापाका अनुसार पक्राउ परेकाहरुलाई आगामी ४८ घण्टाभित्र रिहा नगरिए देशव्यापी रुपमा आन्दोलन हुनेछ।