समाचार

काम गरौंभन्दा कारवाहीको डण्डा बजाए : महासचिव भुपेन्द्रजगं शाही

काम गरौंभन्दा कारवाहीको डण्डा बजाए : महासचिव भुपेन्द्रजगं शाही

काठमाडौं – नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजगं शाहीले तरुण दलमा अध्यक्षको एकलौटी दादागिरीले विवाद देखिएको बताएका छन् ।

नेपाली काँग्रेस पन्चकन्याँ काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको विजया दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रममा महासचिव शाहीले अध्यक्ष जितजंग बस्नेतको दादागिरी र एकलौटी शासनका कारण तरुण दलमा विवाद चुलिएको दाबी गरे। 

आफूले संगठनलाई जोगाइराख्न धेरैनै प्रयत्न गरेको तर अध्यक्षले अधिनायकवाद लादेको ओरोप लगाए । आफ्ना कारणले आजसम्म तरुण दल एक ढिक्का भएर बसेको तर अध्यक्षले काम गर्ने जागर नदेखाएर काम गरौंभन्दा कारवाहीको डण्डा बजाएको बताए ।

अध्यक्षले आफूलाई बिकट कालिकोटको गाउँमा जन्मेकाले भनेर हेपेको शाहीले बताए ।  विगतमा माओवादीले खाल्डो खनेर कन्चटीमा पेस्टोल ताक्दासमेत नडराएको भन्दै सानातिना धम्कीले केही फरक नपर्ने बताए शाहीले बताए। उनले भने, ‘ठुलो ज्यान छ भन्दैमा, विगतमा गुण्डागर्दी गरेको र अगाडि पछाडि दुई चार जना केटाहरु घुमाउँदैमा कोही पनि डराउदैन ।’

उनले आफूलाई तरुणको नेतृत्व दिए एक वर्षमा पाँच लाख नयाँ सदस्य थपेर देखाउने बताए । पार्टीले तरुण दलको जिम्मेवारी मात्र नभइ कुनै विभागको जिम्मेवारी दिएर काम गर्ने वततावरण सृजना गरे काँग्रेसलाई देशकै पहिलो पार्टी बनाइ छाड्ने ठोकुवा गरेका हुन् ।