राजनीति

सिपी गजुरेलको आरोप : ओली नेतृत्वको सरकार फाँसीवादी बाटोमा हिड्यो

सिपी गजुरेलको आरोप : ओली नेतृत्वको सरकार फाँसीवादी बाटोमा हिड्यो

काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले दुई तिहाईको वर्तमान सरकार फाँसीवादी बाटोमा हिडेको आरोप लगाएका छन् । 
 शनिवार काठमाडौंमा भएको हिन्द प्रशान्त रणनीति र नेपाल विषयक कार्यक्रममा नेता गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार फाँसीवादी बाटोमा हिडेको आरोप लगाउँदै सरकारको चर्को आलोचनासमेत गरे।

उनले सरकारले केही गर्न नसकेपछि चौतर्फी आरोपको सामना गर्नुपरेको बताए । नेता गजुरेलले विरोध सामना गर्न नसकेपछि सरकारले आफ्ना अरिङ्गाल परिचालन गरेको बताए । उनले अहिले जनताले चुनावमा सरकारको दललाई भोट हालेकोमा पछुतो मान्न लागेको बताए । पार्टीबाहिर र पार्टीभित्रै पनि विरोध हुन थालेपछि त्यसलाई दमन गर्न सरकार लागिपरेको उनको अरोप छ । 

उनले भने, ‘डबल नेकपा भित्रैबाट कामको विरोध हुन थालेपछि विरोध सहन नसकेर सरकार फासीवादी बाटोमा हिंडेको छ । एउटा पार्टीलाई त प्रतिबन्द्ध नै लगाइसक्यो । उनीहरुले प्रतिबन्ध लगाउनुको कुतर्क विप्लवले मलाई मार्न मान्छे पठाए भनेर पनि भने । प्रधानमन्त्रीलाई सुरक्षा नपुगेको भए भद्रकालीको जंगी अड्डामा गएर शासन चलाए हुन्छ ।

सिंगापुरबाट पनि चलाएकै हो । प्रचण्डसँग अहिले १ कम्पनी सुरक्षाकर्मी छन् । त्यसले पनि नपुगेको अर्को कम्पनी थपे हुन्छ ।’उनले जनताले विकास गर्न भनेर सरकारमा पठाएपनि सरकारले भने अरिङ्गाल पठाउन थालेको बताउँदै अब सडक आन्दोलनको आवश्यकता रहेको बताए ।