समाचार

कटुवा पेस्तोल बरामद, दुई जना पक्राउ

कटुवा पेस्तोल बरामद, दुई जना पक्राउ

सर्लाही - सर्लाहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।  प्रहरीले नलकटुवा पेस्तोलसहित शनिबार लालबन्दी नगरपालिका–५, मेजरगञ्ज निवासी ३० वर्षीय राजेश महतो र ४० वर्षीय सोनालाल ठाकुरलाई दुईवटा फरक–फरक मोटरसाइकल चलाएर जब्दीबाट लालबन्दीतर्फ हिड्दै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट पेस्तोल फेला परेको हो।  

चेकजाँच गर्ने क्रममा राजेश महतो आफूले चलाइरहेको बीआर ०६ एजे ०८०६ नम्वरको मोटरसाइकल छाडेर भाग्ने क्रममा धानखेतमा रेनकोट ९वर्षादी० समेत फालेर फरार भएका थिए। तत्काले उक्त रेनकोट खोलेर हेर्दा एकथान नलकटुवा पेस्तोल फेला परेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

ठाकुरलाई भने उनी सवार ना। ६ प २३९२ नम्वरको मोटरसाइकलसहित घटनास्थलबाट प्रहरीले पक्राउ गरेको थियो। फरार महतोलाई भने शनिबार बिहान ८ बजेतिर लालबन्दी बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। अभियुक्त दुवैजनालाई हातहतियार तथा खरखजाना मुद्धा अन्तर्गत कारबाही प्रकृया अगाडी बढाउने गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए।

नजिकिदो चाडबाडसँगै हतियार देखाएर लुटपाट गर्ने लगायत अपराधिक घटना गराउने मनसायका साथ अपराधिक मनोवृत्तिका व्यक्तिहरुको सकृयता बढ्न थालेको प्रहरीले अनुमान गरेको छ। २४ सै घण्टा गस्तीमा तिव्रता दिईएकाले त्यस्ता अभियुक्तहरु धमाधम नियन्त्रणमा आउन थालेको प्रहरीको दाबी छ।