मुख्य समाचार अपराध सुरक्षा

चिनियाको एटिएम ह्याकिङ प्रकरण : तीन नेपाली पनि पक्राउ 

चिनियाको एटिएम ह्याकिङ प्रकरण : तीन नेपाली पनि पक्राउ 

काठमाडौँ । एटिएम ह्याक गरी पैसा चोरीबारे अनुसन्धान गरिरहेको नपाल प्रहरीले यसै घटनामा संलग्न भएको अभियोगमा तीन जना नेपाली पनि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले ठमेलबाट नेपालय मनी चेन्जरका रोशन प्रधान श्रेष्ठ, रेवती दवाडी र डेस्सो मनी चेन्जरका देवनाथ लामिछानेलाई नियन्त्रणमा लिएको हो ।

८ जनाको टोली बनाएर एटिएमबाट पैसा ह्याक गर्नकै लागि नेपाल आएका चिनियामध्ये ५ जना पक्राउ परेपनि फरार भएका तीन जनाले ती मनि चेन्जरबाट २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटी फरार भएपछि अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

एटिएमबाट पैसा निकाल्ने ५ जनालाई शनिबार पक्रेको प्रहरीले अर्का एक जनालाई आइतबार विमानस्थलबाट पक्राउ गरेको थियो । आइतबार राती सु लु सिङ नाम गरेका चिनियाँ मुलका  फेन्च नागरिकलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । शनिबार पक्राउ परेका चिनिया नागरिकको साथबाट प्रहरीले एक करोड, २६ लाख नेपाली रुपैयाँ र ९ हजार अमेरीक डलर बरामद गरेको थियो ।