राजनीति

संसदीय दलको बैठकमै प्रधानमन्त्रीले दिए सांसदलाई यस्तो निर्देशन!

संसदीय दलको बैठकमै प्रधानमन्त्रीले दिए सांसदलाई यस्तो निर्देशन!

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताकै नजिकमा रहेर काम गर्न सांसदहरुलाई निर्देशनात्मक आदेश दिएका छन्।

संसदीय दलको आज बसेको बैठकमा उनले बर्षे अधिवेशन सकिएसँगै सांसदलाई जनप्रतिनिधिको हैसियतमा जनताको नजिकमा रहेर काम गर्न निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले बर्षे अधिवेशन र सरकारले गरेका कामबारे जनतालाई जानकारी गराउने ध्येयका साथ आ–आफ्नो क्षेत्रमा जना आग्रह गरे। बैठकले संसदमा भएका कामहरुको समिक्षा गर्दै बर्षे अधिवेशन सकिएपछि सांसद आफ्नो क्षेत्र फर्कदा कसरी जनताबीच प्रस्तुत हुने भन्ने विषयमा बैठक केन्द्रित भएको सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

बैठकमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधि सधैं जनताकै सामु रहने भएकाले आफ्नो क्षेत्रमा फर्कदा सरकारका सकारात्मक कामको जानकारी गारउँदै जनताको गुनासोलाई समेटेर अघि बढ्न सांसदहरुलाई निर्देशन दिएका थिए । संसदीय दलको यस प्रकारको बैठक संसदको अधिवेशन बस्नु पहिले र अधिवेशनको अन्त्यमा संसदका काम कारवाहीको समिक्षा गर्न बस्ने चलन छ ।