समाचार

थरुहट थारुवान संघर्ष समिति ६ कार्यकर्ता पक्राउ 

थरुहट थारुवान संघर्ष समिति ६ कार्यकर्ता पक्राउ 

दाङ — संविधानको विरोध गर्दै कालोपट्टी बाँधेर प्रदर्शन गर्ने थरुहट थारुवान संघर्ष समिति ६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

लमहीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने  उनीहरुलाई शुक्रबार नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले बताए।

प्रहरीका अनुसार पक्राउ परेकाहरु थरुहट थारुवान संघर्ष समितिका कार्यकर्ता रहेको बुझिएको र उनीहरुबारे अनुसन्धान भइरहेको छ।