विदेश

छात्राले यौन शोषण गरेको भिडियोसहितको प्रमाण दिएपछि पूर्व मन्त्री पक्राउ

छात्राले यौन शोषण गरेको भिडियोसहितको प्रमाण दिएपछि पूर्व मन्त्री पक्राउ

काठमाडौं - छात्रामाथि यौन शोषणको आरोपमा भारतका पूर्व केन्द्रीय मन्त्री पक्राउ परेका छन् । कानूनको अध्ययन गरी रहेको ती छात्रामाथि पूर्व मन्त्री चिन्मयानन्दलाई प्रहरीले पक्राउ गरेको छ। उत्तर प्रदेशकी छात्रालाई यौन शोषण गरेको आरोपमा विशेष अनुसन्धान दल (एसआईटी) ले पूर्व केन्द्रीय राज्यमन्त्री एवं भाजपा नेता चिन्मयानन्दलाई पक्राउ गरेको हो ।

अदालतले चिन्मयानन्दलाई १४ दिनको न्यायिक हिरासतमा राखेको छ ।  केही दिनअघि पीडितले एक पेन ड्राइभमा प्रमाण अनुसन्धान गर्ने अधिकारीलाई दिएपछि घटना सतहमा आएको हो । सर्वोच्च अदालतको आदेशमा एसआईटीले यो मुद्दाको अनुसन्धान गरिरहेको छ । 

स्वामी सुखदेवानन्द विधि महाविद्यालयमा एलएलएमबयकी छात्राले २४ अगस्टमा एउटा भिडियो पोष्ट गरेका थिए । यसमा उनले एक सन्यासीले थुप्रै किशोरीको जीवन बर्बाद गरिदिएको र उनको परिवारलाई यी सन्यासीबाट ज्यानको खतरा भएको बताएकी थिइन् ।

त्यसपछि ती युवतीका पिताले चिन्मयानन्दविरुद्ध दुष्कर्म र शारीरिक शोषणको रिपोर्ट दर्ता गराउन खोजे पनि पुलिसले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि यो मुद्दा सर्वोच्च अदालत पुगेको थियो । यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।