विदेश

वासिङ्टन डिसीमा गोली चल्दा एकको मृत्यु, पाँच घाइते

वासिङ्टन डिसीमा गोली चल्दा एकको मृत्यु, पाँच घाइते

वासिङ्टन - उत्तरी वासिङ्टन डिसीमा गोली चोल्दा एकको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्। बिहीबार राती भएको गोलीबारीमा नाम खुल्न नसकेको एक व्यक्तिको ज्यान गएको त्यहाँको स्थानीय प्रहरीले बताएका छन्।  यस घटना अन्य पाँच घाइते भएको सूचनासमेत प्रहरीले दिएको छ।

ह्वाइट हाउसबाट करिब ३ किलोमिटर टाढा रहेको कोलम्बिया हाइट्समा स्थानीय समयनुसार बिहान १० बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ।

घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेका घटना स्थलमा प्रहरी कमाण्डरले पत्रकारहरुलाई बताएका छन्। सो गोलाबारीमा परी गम्भीर घाइते भएका व्यक्तिहरु नजिकैको अस्पतालमा लगिएको छ।

अमेरिकी राजनीतिज्ञहरूले यस वर्षमा धेरै आम गोलीबारीपछि बन्दुक राख्न पाउने विषयका कानुनहरू संशोधन गर्न छलफल गरिरहेका छन्। अमेरिकाका विभिन्न ठाउँमा भएका गोलीकाण्डमा दर्जनौं मानिस मारिएका छन्। 

goli barud baramad