समाचार

वृद्धा हत्या आरोपी १७ वर्षपछि पक्राउ

वृद्धा हत्या आरोपी १७ वर्षपछि पक्राउ

नुवाकोटः एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको वि.सं २०५९ माघ २१ गते हत्या गरी फरार भएका सोही वडाका ३६ वर्षीय भरत सुनार मंगलबार परेका हुन् । 

 जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार आरोपित सुनारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा चितवनको राप्ती नपा–७ भवानीबजारबाट पक्राउ गरी ल्याइएको हो ।

जिल्ला अदालतमा बुधबार पेश गरिएका सुनारलाई अदालतले अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।

नुवाकोट पक्राउ

विशेष