कला साहित्य

'भारतभर हिन्दी भाषा लागू गर्न असम्भव'

'भारतभर हिन्दी भाषा लागू गर्न असम्भव'

नयाँदिल्ली । बलिउडका सुपरस्टार तथा अभिनेता रजनीकान्तले भारतभर एउटै साझा हिन्दी भाषा लागू गर्न सम्भव नहुने बताएका छन् । बुधबार पत्रकारको प्रश्नमा उनले भारतको विभिन्न प्रान्तमा फरक फरक भाषा बोलिने भएकोले साझा भाषाको रुपमा हिन्दी भाषा लागू गर्न सम्भव नहुने बताए।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले हालसालै हिन्दीलाई साझा भाषाको रुपमा प्रस्तुत गरेपछि भारतका विभिन्न तप्काबाट पक्षविपक्षमा टिप्पणी आएका छन्। सोही क्रममा सुपरस्टर रजनी कान्तले जबरजस्ती सरकारले त्यस्तो प्रयास गर्यो भने दक्षिणी राज्यहरुले मात्र होइन उत्तरकै कयैन राज्यले विरोध गर्ने बताए । 

उनले भने,‘भारतमा ‘दुरभाग्यवस’ एउटै साझा भाषाको अवधारणा सम्भव नभएकाले हिन्दीलाई जबरजस्ती लाद्न हुँदैन’ ‘भारतलाई मात्र होइन जुनसुकै देशमा एउटै साझा भाषा हुनु राम्रो हो । दुरभाग्यवास हाम्रो देशमा त्यो लागु गर्न सकिदैंन । त्यसैले कुनै पनि भाषा लाद्न सक्नुहुदैन ,’ उनले चेननईको विमानस्थलमा बोल्ने क्रममा भने ।