राजनीति

कांग्रेसप्रति मन्त्री बाँस्कोटाको यस्तो कटाक्ष, 'सत्ता दाइजोमा पाएकाे होइनौँ'

कांग्रेसप्रति मन्त्री बाँस्कोटाको यस्तो कटाक्ष, 'सत्ता दाइजोमा पाएकाे होइनौँ'

काठमाडाैँ - सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारको आलोचना र विरोध सडकदेखि सदनसम्म हुन थाले पछि त्यसको बचाउ गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति संकेत गर्दै कटाक्ष बोलेका छन्।

उनले नेकपालाई सरकार चलाउन कसैले दाइजोमा नदिएको समेत जिकिर गरे। उनले नेकपालाई जनताले देश चलाउने म्यान्डेट दिएको बताए।

 विराटनगरका पत्रकारसँग बोल्दै बाँस्कोटाले कांग्रेसले सरकार नै व्यवस्था विरोधी भएको आरोप लगाएकोप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन्। ‘नेकपाको सरकार निर्वाचित हो’, उनले कांग्रेसतर्फ लक्षित गर्दै भने, ‘कसैले दाइजो दिएको होइन।’ 

उनले जनताले पत्याएको पार्टी भएकोले चुनावमा गरेको बाचा नेकपाको सरकारले पूरा गर्ने दाबी गरे। पेट्रोलियम पाइपलाइन विस्तारदेखि रेलमार्गबारे छिमेकी

मुलुकसँग गरिएका द्धिपक्षीय सहमतिले देशमा विकासको ढोका खुलेको जिकिर गरे। मन्त्री बाँस्कोटाले कुनै पनि शक्तिले व्यवस्था ढाल्न नसक्ने दाबी गरे।

‘जनताले लडेर ल्याएको व्यवस्था जनता स्वयम्ले रक्षा गर्छन्, कुनै पनि व्यक्ति र परिवारले राज्य चलाउने कुरा धेरै पुरानो भइसक्यो’, उनले भने।