समाचार

दलित मुक्ति मोर्चाका अध्यक्ष पक्राउ, राजद्रोहको मुद्दा दर्ता

दलित मुक्ति मोर्चाका अध्यक्ष पक्राउ, राजद्रोहको मुद्दा दर्ता

गोरखा ।  प्रहरीले दलित मुक्ति मोर्चा गोरखाका अध्यक्ष चिनकाजी विकलाई पक्राउ गरेको छ। पछिल्लो समय अपराधिक घटनामा संलग्न रहेको आरोपमा  विकलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार सिरानचोक गाउँपालिका–३ बयापानीस्थित घरबाट नेकपा बिप्लप समुहका जिल्ला सदस्य समेत रहेका विकलाई मंगलवार पक्राउ गरिएको हो।

उनलाई विभिन्न अपराधीक गतिविधीमा संलग्न रहेको आरोप प्रहरीले लगाएपनि कुन–कुन घटनामा संलग्न थिए भन्ने खुलाएको छैन्। पक्राउपछि राजद्रोह, विष्फोटक पदार्थ सम्बन्धी कसुर लगाइए मुद्धा दर्ता गरिएको छ।

विशेष