राजनीति

प्रधानमन्त्री ओलीले विप्लव समूहलाई लक्षित गर्दै भने–‘हिंसा नितान्त वितण्डा हाे’ 

प्रधानमन्त्री ओलीले विप्लव समूहलाई लक्षित गर्दै भने–‘हिंसा नितान्त वितण्डा हाे’ 

काठमाडौँ । नेत्र विक्रम चन्द (विप्लव) समूहका क्रियाकलापतर्फ संकेत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा नितान्त ‘वितण्डा’ मात्रै भएको टिप्पणी गरेका छन्। 

सिंहदरबारको संघीय संसद् भवनको बुधबार शिलान्याय गर्दै प्रधानमन्त्री ओलीले हत्या, हिंसा, त्रास र लुटपाट गर्ने क्रियाकलाप सरकारलाई कुनै पनि अवस्थामा सैह्य नहुने भन्दै उनले आवश्यक परे नियन्त्रणकारी भूमिका पनि खेल्न सकिने उनले बताए। ।

‘हिंसा जरुरी छैन, केका लागि रु’ उनले भने, ‘गणतन्त्र आइसक्यो, संविधान प्राप्त भइसक्यो, सबैको अधिकार सुनिश्चित छ।’ हिंसालाई सरकारले नियन्त्रण गरिछाड्ने प्रधानमन्त्रीको दाबी छ । ‘हिंसालाई नियन्त्रण गर्न खोज्दा केही मान्छेहरु रोइकराइ गर्न खोजिरहेका छन् । यो आवश्यक छैन’ उनले भने, ‘देशलाई आतंकित बनाउन खोज्नेलाई सरकारले नियन्त्रण गर्छ ।’

लोकतन्त्रमा शान्तिपूर्ण तबरले विरोध गर्नमा भने सरकारले रोक नलगाएको उनले प्रस्ट्याए । विरोधको तरिका सही हुनुपर्ने भन्दै प्रधानमन्त्रीले भने, ‘लोकतान्त्रिक प्रणालीमात्रै होइन, विरोध गर्ने प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ ।’ साथै गणतन्त्रविरुद्ध आवाज उठ्न थालिएकाले अब सरकार कुनै पनि हालतमा चुप लागेर नबस्ने उनले बताए।